समाज
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
प्रकाशित मिति:
२०८३, साउन २७ बुधबार/ Wednesday 08-12-26
काठमाडौं, साउन २७
जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्ती (बागडोल)स्थित निवासबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी कसुरमा उजुरी परेको छ। उक्त उजुरी तथा जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
तपाईको प्रतिक्रिया