२०८३, भदौ १३ शनिबार
राजनीति

काठमाडौं फर्किए शेरबहादुर देउवा

प्रकाशित मिति: २०८३, साउन २८ बिहीबार/ Thursday 08-13-26

 

काठमाडौं,साउन २८

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवासँगै सिङ्गापुर गएका देउवा बिहीबार काठमाडौं आइपुगेका हुन्।

देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले बाजागाजा र झाँकीसहित स्वागत गरेका थिए। काठमाडौँमा जारी संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन विभिन्न जिल्लाबाट आएका कांग्रेस कार्यकर्तासमेत देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।

विमानस्थल परिसरमा भेला भएका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजी गर्दै उनको स्वागत गरेका थिए।

 

तपाईको प्रतिक्रिया