२०८३, भदौ १३ शनिबार
राजनीति

गगन थापाको भ्रमण स्थगित

प्रकाशित मिति: २०८३, साउन १० आइतबार/ Sunday 07-26-26

काठमाडौं, साउन १०

नेपाली कांग्रेसका सभापति गगन थापाले भारत भ्रमण अन्तिम समयमा स्थगित गरेका छन्। उनी महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको १०औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको थियो।

कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार भारतमा जारी आन्दोलनका कारण शनिबारका लागि तय गरिएको भ्रमण अन्तिम समयमा स्थगित गरिएको हो।

समाचारअनुसार भारतमा राष्ट्रिय योग्यता परीक्षा (नीट)को प्रश्नपत्र लीक भएको प्रकरणलाई लिएर कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा केही दिनदेखि प्रदर्शन भइरहेको छ। आन्दोलन उग्र बनेपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका छन्।

यसै परिस्थितिलाई मध्यनजर गर्दै सभापति थापाको भारत भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया