बन्दीपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
तनहुँ, जेठ ३१
बन्दीपुर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा नोट्रेडम माध्यमिक विद्यालयका स्पन्दन थापा प्रथम, भानु माध्यमिक विद्यालयकी संचिता गुरुङ द्वितीय, तथा नोट्रेडम माध्यमिक विद्यालयका विद्यार्थी तृतीय हुन सफल भएका छन्। त्यसैगरी पवित्रा माध्यमिक विद्यालयकी नमुना मिश्रले सान्त्वना स्थान हासिल गरेकी छन् ।
प्रतियोगिताका विजेताहरुलाई क्रमशः रु. ७ हजार ५ हजार, ३ हजार र एक हजार नगद पुरस्कार, साथै प्रमाणपत्र, खादा तथा टिका सहित सम्मान गरिएको थियो।
कार्यक्रम बन्दीपुर गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भिम लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, विद्यार्थीहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा आत्मविश्वास, तार्किक क्षमता, नेतृत्व तथा प्रभावकारी अभिव्यक्ति कलाको विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको सञ्चालन सहायक शिक्षा अधिकृत सिर्जना अधिकारीले गरेकी थिइन ।
तपाईको प्रतिक्रिया