राजनीति
रास्वपाका महाधिवेशन प्रतिनिधि राजु दाहालको सदस्यता खारेजीका लागि सिफारिस
प्रकाशित मिति:
२०८३, साउन १८ सोमबार/ Monday 08-03-26
तनहुँ, साउन १८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले महाधिवेशन प्रतिनिधि राजु दाहालको पार्टी सदस्यता खारेजीका लागि जिल्ला कार्यसमितिमार्फत अनुशासन आयोगमा सिफारिस गरेको जनाएको छ।
नगर सचिव भाग्यशाली ढुङ्गानाले जारी गरेको विज्ञप्तिअनुसार दाहालमाथि गुटबन्दी गरेको, पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको तथा पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा अनुशासन आयोगबाट अन्तिम निर्णय नआउँदासम्म दाहाललाई पार्टीका कुनै पनि गतिविधि तथा बैठकमा सहभागी नगराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ।
तपाईको प्रतिक्रिया