२०८३, भदौ १३ शनिबार
कला/कलाकार

दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड २०२६

प्रकाशित मिति: २०८३, साउन १६ शनिबार/ Saturday 08-01-26

काठमाडौं,साउन १६

दीपमाला ढकालले मिस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शनिबार आयोजित ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन्।

यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल २०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भएका छन्। उनीहरूले सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

ग्राण्ड फिनालेमा नेपाल तथा विदेशका सौन्दर्य प्रतियोगितासँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मिस कोस्मो योलिन्डा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका प्रतिनिधिले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले गरेको हो। आयोजकका अनुसार यस वर्ष प्रतियोगिताको संरचनामा परिवर्तन गर्दै मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी तीन अन्तर्राष्ट्रिय उपाधिका लागि विजेता छनोट गरिएको हो।

मिस नेपाल प्रतियोगिता व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो। यस वर्षका विजेताहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

तपाईको प्रतिक्रिया