२०८३, भदौ १३ शनिबार
स्वास्थ्य

मंसिरसम्मका सबै बिमा दाबी भुक्तानी सम्पन्न, २३.४४ अर्ब रुपैयाँ निकासा

प्रकाशित मिति: २०८३, असार १९ शुक्रबार/ Friday 07-03-26

काठमाडौं, असार १९

 स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई विभिन्न चरणमा गरी कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पेश गरेका दाबीहरूको बक्यौता भुक्तानी सम्पन्न भएको जानकारी दिएको छ।
बोर्डका अनुसार मंसिर २०८२ पछिका दाबीहरूको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय तथा पहल जारी रहेको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित सेवाग्राहीको उपचारमा कुनै अवरोध नआउने गरी तोकिएको मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ।
त्यसैगरी, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन बिमित सेवाग्राहीलाई बिमा सुविधाको जिम्मेवारीपूर्वक उपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचार गर्न दबाब नदिन बोर्डले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया