शिक्षा
कक्षा–१२ को परीक्षाफल प्रकाशित, यस्तो छ नतिजा
प्रकाशित मिति:
२०८३, असार ५ शुक्रबार/ Friday 06-19-26
काठमाडौं, असार ५
राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार परीक्षाको नतिजा प्रकाशन गरेको हो।
बोर्डका अनुसार यस वर्ष सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० रहेको छ। कुल उत्तीर्ण दर ६४.१३ प्रतिशत कायम भएको छ।
नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने आंशिकतर्फ यो दर ४२.३८ प्रतिशत रहेको बोर्डले जनाएको छ।
यस वर्ष कक्षा–१२ को परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो।
त्यसैगरी, परीक्षा नियम उल्लंघन गरेको आरोपमा ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया