२०८३, भदौ १३ शनिबार
कृषि

भानुमा नगरस्तरीय कृषि सञ्जाल गठन

प्रकाशित मिति: २०८३, जेठ २६ मंगलबार/ Tuesday 06-09-26

तनहुँ, २६ जेठ 

तनहुँको भानु नगरपालिकामा कृषकहरूको हकहित संरक्षण तथा कृषि क्षेत्रको समग्र विकासका लागि नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको छ।

कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिमा नवीन प्रविधिको विस्तार, कृषि उपजको बजार व्यवस्थापन तथा कृषकहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार कृषि सञ्जालले कृषकका साझा सवाल उठाउने, कृषि क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने तथा आधुनिक र व्यवसायिक कृषिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कृषकहरूको भेलाबाट कुशलचन्द्र अधिकारीको संयोजकत्वमा नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको हो। सञ्जालको सह–संयोजकमा रामबहादुर घर्ती, सचिवमा दीपेन्द्र अधिकारी, सह–सचिवमा श्यामकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा रणसिं तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फडिन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन्।

नवगठित सञ्जालले नगरभित्रका कृषकहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया