२०८३, भदौ १३ शनिबार
अर्थ/वित्त

नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवयेर खरिद एकै स्थानबाट

प्रकाशित मिति: २०८३, जेठ १५ शुक्रबार/ Friday 05-29-26

काठमाडौं, जेठ १५

सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद अब एउटै निकायमार्फत गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै सरकारी सेवा नागरिक एपमा समावेश गरिने बताएका छन् ।
उनले नेपाललाई कृत्रिम बुद्धिमत्ता प्रविधिमा आत्मविश्वासका साथ अघि बढाउन विशेष पहल सुरु गरिएको जानकारी पनि दिए ।
सरकारले डिजिटल सेवा विस्तार, प्रविधिमैत्री प्रशासन र सरकारी प्रणालीलाई एकीकृत गर्ने लक्ष्यसहित नयाँ कार्यक्रम अघि सारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया