प्रदेश समाचार
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा, पदबाट निलम्बित
प्रकाशित मिति:
२०८३, बैशाख २४ बिहीबार/ Thursday 05-07-26
काठमाडौं, बैशाख २४
गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको कर छुटसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार घिमिरेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत रहँदा घिमिरे कर छुट प्रक्रियामा भएको अनियमिततामा संलग्न रहेका थिए।
उक्त प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की, पूर्वसचिव शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।
तपाईको प्रतिक्रिया