२०८३, भदौ १३ शनिबार
कला/कलाकार

उच्च अदालत पाटनबाट ‘लालीबजार’ प्रदर्शनको रोकावट खुल्यो

प्रकाशित मिति: २०८३, बैशाख २३ बुधबार/ Wednesday 05-06-26

काठमाडौं,  बैशाख २३
उच्च अदालत पाटनको संयुक्त इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि चलचित्र ‘लालीबजार’को प्रदर्शनमा लागेको रोक हटेको छ।

न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले बुधबार एकल इजलासबाट जारी गरिएको प्रदर्शन रोक्ने आदेशलाई निरन्तरता नदिँदै खारेज गरेको हो। यससँगै फिल्म प्रदर्शनको बाटो खुला भएको छ।

अदालतले रिट निवेदनमा उठाइएका विषय अन्तिम सुनुवाइका क्रममा विचार गर्न सकिने भन्दै अन्तरिम आदेशलाई निरन्तरता नदिएको उल्लेख गरेको छ। यसअघि वैशाख १५ गते प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो।

यसअघि न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित फिल्म प्रदर्शनमा रोक लगाएको थियो। वादी समुदायका तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन्।

निर्देशक यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ वैशाख १८ देखि प्रदर्शनको तयारीमा थियो। षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको यो फिल्म वादी समुदायका महिलाको संघर्षमा आधारित छ। अन्तरिम आदेशका कारण यसअघि फिल्मको प्रिमियर शोसमेत रोकिएको थियो।

तपाईको प्रतिक्रिया