२०८३, भदौ १३ शनिबार
प्रबिधि

फेसबुक–युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्देजविरुद्ध सर्वोच्चमा रिट

प्रकाशित मिति: २०८२, भदौ २० शुक्रबार/ Friday 09-05-25

काठमाडौँ, भदौ २०

 सरकारले फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा छ। रिटमार्फत उनले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने उद्देश्यले सरकारले प्रतिबन्ध लगाएको दाबी गर्दै सो निर्णय खारेज गरी तत्काल सेवा सञ्चालन गर्न अन्तरिम आदेश माग गरेका छन्।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको छ।

सरकारले बिहीबार रातिदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिँदै सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लागू गराएको थियो। त्यसपछि देशभर प्रमुख डिजिटल प्लेटफर्महरू प्रयोग गर्न नसकिने अवस्था बनेको छ।

तपाईको प्रतिक्रिया