२०८३, भदौ १३ शनिबार
प्रबिधि

नेपाल टेलिकमले बन्द गर्‍यो दर्तामा नआएका सामाजिक सञ्जाल

प्रकाशित मिति: २०८२, भदौ १९ बिहीबार/ Thursday 09-04-25

काठमाडौं, भदौ १९

नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ।

प्राधिकरणले भदौ १९ गते जारी गरेको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको आधारमा यस्तो कदम चालिएको हो।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन २०८० सालमै जारी गरिएको ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका’ अनुसार दर्ता अनिवार्य गरिएको थियो। तर, तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका प्लेटफर्मलाई हाल नेपालमा प्रयोग गर्न नसकिने भएको छ।

नेपाल टेलिकमका अनुसार यस्ता प्लेटफर्मको पुनः सञ्चालनबारेको निर्णय आगामी दिनमा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार हुनेछ।

तपाईको प्रतिक्रिया