२०८३, भदौ १३ शनिबार
कृषि

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

प्रकाशित मिति: २०८२, साउन १७ शनिबार/ Saturday 08-02-25

काठमाडौ, साउन १७

महोत्तरीमा लामो खडेरीपछि सोमबारदेखि लगातार पानी परेपछि किसानहरूमा रोपोको आशा पलाएको छ। पछिल्ला तीन दिनको वर्षाले खेतमा चिस्यान ल्याएको छ र पहिल्यै रोपिएको धान बाँच्ने सम्भावना बढेको छ।

यद्यपि वर्षाले थप रोपाइँ सुरु गर्न पर्याप्त पानी नपरे पनि उखु, मकै, कोदो, तरकारीजस्ता बालीलाई राहत मिलेको छ। किसानहरूले वर्षालाई "अमृतझैँ" अनुभव गरेका छन्।

धानको रोपाइँ अझै ढिलो भइरहेको छ, साउन तेस्रो साता सुरु भइसक्दा पनि जिल्लाको ४२,५०० हेक्टर खेतीयोग्य जमिनमध्ये ३५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ।

विशेषज्ञहरू भन्छन्, थप पानी नपरे पनि हालको वर्षाले पहिलेको रोपोलाई जोगाउन भने महत्वपूर्ण भूमिका खेलेको छ।

तपाईको प्रतिक्रिया