२०८३, भदौ १३ शनिबार
फोटो फिचर

आहा ! घलेगाँउ(फोटो फिचर)

प्रकाशित मिति: २०७९, फागुन १४ आइतबार/ Sunday 02-26-23

तनहुँ , १४ फागुन 

लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ स्थित रमणीय  घलेगाउँ गण्डकी प्रदेशका उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक हो ।

समुद्र सतहबाट २हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । 

गुरुङ जातिको बहुलता रहेको यो गाउँ   प्रकृति र संस्कृतिको अनुपम संगम हो ।  एकै प्रकारका परम्परागत शैलीमा निर्मित बस्ती र त्यहाँ बसोबास गर्ने गुरुङ जातिका जातीय संस्कार र संस्कृतिको त्यस गाउँको विशेषता हुन् । 

साथै त्यहीँबाट अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न  समेत पाइन्छ । 

गाउँबाट पर्यटकले सुर्योदयको सुन्दर दृश्य अवलोकनको अवसर समेत प्राप्त गर्छन्  ।

त्यस रमणीय गाउँमा आउने पर्यटकहरुको सुविधाका लागी  २०५७ देखी घरवास कार्यक्रम शुरु गरिएकोमा अहिले गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरीएको छ ।

त्यस ठाउँमा होमस्टेसँगै पर्यटकलाई सजिलै बस्न खुवाउन सक्ने गरी होटलहरु पनि खुलेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ । 

पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर जस्ता स्थानको अवलोकनमा रमाउने गर्दछन् । 

यहाँका स्थानीयवासीले गाउँमा आउने पर्यटकलाई टीका, फूलमाला पहि¥याएर गुरुङ संस्कृति झल्किने नृत्यमार्फत स्वागत गरीन्छ । 


 

 

तपाईको प्रतिक्रिया